दफा १२
अनौपचारिक शिक्षाको वित्तीय व्यवस्था

१२. अनौपचारिक शिक्षाको वित्तीय व्यवस्था राष्ट्रको आर्थिक अवस्था एवम् नीतिअनुसार हुनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ अनौपचारिक शिक्षा केन्द्र तथा अन्य संघ संस्थाले राष्ट्रको आर्थिक नीतिको परिधिभित्र रहेर आ–आफ्नो वित्तीय व्यवस्था मिलाउने छन् ।
रणनीति  माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ गाउँ÷नगर शिक्षा योजनाअनुरूप उक्त निकायहरूलाई एकमुष्ट अनुदान  दिने र सो रकम फ्रिज नहुने प्रबन्ध गर्ने ।
♦ एकमुष्ट अनुदान प्राप्त निकायले स्वविवेकमा स्रोतको बाँडफाँड गर्ने ।
♦ वैकल्पिक विद्यालयको सुपरिवेक्षण, अनुगमन र मूल्यांकन गर्ने मातृविद्यालय तथा गैरसरकारी संस्थालाई व्यवस्थापन खर्च दिने ।
♦ अनौपचारिक शिक्षा सञ्चालन गर्ने संस्थाहरूले सामाजिक लेखापरीक्षण गराउने ।
♦ नोकरीदाता÷उद्योग÷कारखानाले आफ्ना कामदारहरूका लागि लागत साझेदारी गरी अनिवार्यरूपमा आधारभूत अनौपचारिक शिक्षा उपलब्ध गराउने ।
♦ तोकिएको सर्तमा सहयोगी कार्यकर्ता र निरीक्षकलाई पारिश्रमिक उपलब्ध गराउनु पर्नेछ ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूको क्रियाशीलतामा जोडा कोष र साझेदारी कोषको प्रबन्ध गर्ने ।